काठमाण्डौ । गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट प्रस्तावित बोनस सेयरका अपी पावर कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित बोनस सेयरका लागि अपी पावरको सेयरमूल्य समायोजन गरेको हो। समायोजित मूल्यअनुसार कम्पनीको सेयर प्रतिकित्ता २६३ रुपैयाँ कायम भएको छ। यसअघि यो कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता २७९ रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार नै यो कम्पनीको सेयर कारोबारमा आउने छ।

कम्पनीले गत आर्थिक वर्षका लागि चुक्तापुँजीको ९ प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनार्थ ०.४७ प्रतिशतका दरले हुन आउने नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। 

प्रस्तावित लाभांश कम्पनीको यही मंसिर ८ गते काठमाण्डौ थापाथलीस्थित ट्रेड टावरमा रहेको प्रधान कार्यालयमा भर्चुअल माध्यम जुम एपबाट हुने हुने १७ औँ वार्षिक साधारणसभा पारित हुनेछ। लाभांश वितरण र सभा आयोजनाका लागि कम्पनीले हिजो मंसिर १ गतेदेखि मंसिर ७ गतेसम्म बुक क्लोज गरेको छ। यसको अर्थ गत कात्तिक २७ गतेसम्म कायम सेयरधनीहरु लाभांश प्राप्ति र सभामा भाग लिन योग्य हुनेछन्।

कम्पनीले मंसिर ८ गते नै १७ औँसँगै १६ औँ वार्षिक साधारणसभा पनि गर्दैछ। १६ औँ सभाले भने आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्ताव गरेको ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशतले हुने आउने नगद लाभांश पारित गर्दैछ। कम्पनीले १६ औँ वार्षिक साधारणसभाका लागि गत वर्ष चैत १ गतेदेखि चैत ७ गतेसम्म बुक क्लोज गरिसकेको छ। यसको अर्थ चैत १ गतेभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीहरुले उक्त आर्थिक वर्षको लाभांश प्राप्ति र सभामा भाग लिनका लागि योग्य हुनेछन्।

दुवै आर्थिक वर्षको बोनस सेयर तथा ५६.७ करोडको हकप्रद सेयर निष्काशनपश्चात कायम हुने चुक्ता पुँजीको १ः०.८५६ कित्ताका दरले हकप्रद सेयर निष्कासन गर्न स्वीकृति पनि सभाले दिनेछ।