काठमाण्डौ । अब लघुवित्त संस्थाहरुले कुनै पनि संगठित संस्थाका सेयरमा लगानी गर्न नपाउने भएका छन्। 

नेपाल राष्ट्र बैंकले मंगलबार लघुवित्त वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन, २०७७ मा संशोधन, परिमार्जन र थप गर्दै यस्तो व्यवस्था गरेको हो। यो व्यवस्थाअनुसार अब लघुवित्त संस्थाले संगठित संस्थाका सेयर, ऋणपत्र तथा सामूहिक लगानी कोषमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लगानी गर्न पाउने छैनन्। हाल कायम रहेका यस्ता लगानी २०७९ साल असार मसान्तभित्रमा विनिवेश गरिसक्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ। 

यसअघि भने लघुवित्त संस्थाहरुले अन्य लघुवित्त संस्थाहरुद्घारा जारी भएका सेयर सुरक्षणपत्र वा अन्य कुनै पुँजी उपकरणहरुमा लगानी गर्न नपाइने व्यवस्था थियो। 

नयाँ व्यवस्थाअनुसार भने अब लघुवित्त संस्थाहरुले कुनै पनि संगठित संस्थाको सेयर, ऋणपत्र तथा सामूहिक लगानी कोषमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लगानी गर्न नपाउने भएका हुन्।