काठमाण्डौ । अनलाइनबाट बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको बससेवा डटकमको टिकट अबदेखि रिकुटेन भाइबरबाट समेत काट्न सकिने भएको छ।
बससेवा ट्राभल्स र रिकुटेन भाइबरबीच एक कार्यक्रमका बीच अनलाइन बस टिकट काट्न सकिने सेवा दिनेबारे सुम्झौता भएको हो। सम्झौतापत्रमा बससेवाका प्रमुख कार्यकारी अधिकृत पीआर खनाल र रिकुटेन भाइबसका तर्फबाट निर्देशक तोशिहीको ओत्सुकाले हस्ताक्षर गरेका छन्।सम्झौतासँगै अबदेखि भाइबरको च्याटबक्समार्फत नेपालका कुनै पनि गन्तव्यको बस टिकट काट्न सकिनेछ। यात्रुले भाइबरबाटै सहजै टिकट बुकिङ गर्न सक्नेछन्।
सम्झौता कार्यक्रमममा बससेवाका प्रमुख कार्यकारी खनालले भने, ‘हामीले जहिले पनि यात्रुलाई सहज हुने गरी सेवा प्रदान गर्दै आएका छौँँ। यात्रुलाई भाइबरबाट पनि टिकट काट्न सकिने सेवाले थप सहजता ल्याउनेछ भन्ने हाम्रो विश्वास रहेको छ।’
बससेवा नेपालको एकमात्र अनलाइन बस टिकट बिक्री गर्ने माध्यम हो। बससेवा टुर्स एन्ड ट्राभल्सअन्तर्गत रहेर बससेवा डटकम नेपालभरका अधिकांश रुटमा सेवा प्रदान गर्दै आएको छ।
यसका साथै बससेवाले भारतका नयाँदिल्ली, बोधगया, मुजफ्फरपुरलगायतका सहरमा समेत अनलाइन टिकट बुकिङ सेवा प्रदान गर्दै आएको छ।
11 minutes ago
21 minutes ago
44 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
3 hours ago