काठमाण्डौ । अबदेखि अन्तबैंक एटीएम प्रयोग गरी पैसा निकाल्दा शुल्क लाग्ने भएको छ।
नेपाल राष्ट्र बैंकले बिहीबार चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको समीक्षा गर्दै अबदेखि अन्तरबैंक एटीएम प्रयोगमा शुल्क लिन पाउने व्यवस्था गरेको हो। यसको मतलब अब कुनै ग्राहकले एउटा बैंकको कार्ड प्रयोग गरेर अर्को बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क लाग्ने छ।
यसअघि कोरोनाको असर रहेसम्म जुनसुकै बैंकको कार्ड प्रयोग गरी जुनसुकै बैंकको एटीमएमबाट पैसा निकाल्दा शुल्क नलिन बैंकहरुलाई केन्द्रीय बैंकले निर्देशन दिएको थियो। अब उक्त निर्देशन खारेज गरिएको भन्दै राष्ट्र बैंकले बैंकहरुलाई पहिलेकै व्यवस्थाअनुसार शुल्क लिन सक्ने जनाएको छ।
अन्तरबैंक एटीमएम कार्ड प्रयोग गर्दा सेवाग्राहीसँगै बैंकहरुले सामान्यतया प्रतिकारोबार २५ रुपैयाँ लिने गरेका छन्।
23 hours ago
23 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago