काठमाण्डौ । अमेजन एक धेरै लोकप्रिय ई–कमर्स कम्पनी हो। यो कम्पनीले भारतमा अमेजन एयर सेवा सुरु गरेको छ।
यो सेवाबाट खरिदकर्ताले छिटो डेलिभरीको सुविधा प्राप्त गर्नुका साथै कम्पनीको यातायात सञ्जाल पनि बढाइनेछ। यसको सबैभन्दा ठूलो फाइदा प्रयोगकर्ताले छिट्टै सामानको डेलिभरी पाउनेछन्।
ई–कमर्स साइटले बोइङ ७३७–८०० विमानको पूर्णकार्गो क्षमता प्रयोग गर्न चाहन्छ। यससँगै कम्पनीले मुम्बई, बैंगलोर, हैदरावाद र दिल्लीमा डेलिभरी सुविधा उपलब्ध गराउनेछ। यसका लागि अमेजनले बेंगलुरुस्थित कार्गो एयरलाइन क्विकजेटसँग साझेदारी गरेको छ।
यस साझेदारीको साथ अमेजन तेस्रो पक्ष वाहकहरुसँग साझेदारीका लागि समर्पित एयर नेटवर्क उपलब्ध गराउने पहिलो ई–कमर्स कम्पनी बनेको छ। यो प्रक्षेपणले देशभरका ११ लाख बिक्रेतालाई सहयोग गर्ने कम्पनीले जनाएको छ।
लन्चका अवसरमा कम्पनीले स्पिडमा निरन्तर लगानी गरिरहेको पनि जनाएको छ। कम्पनीले डेलिभरी पूर्वाधारमा लगानी गरेर डेलिभरी नेटवर्कलाई सुदृढ गर्न चाहन्छ। यससँगै सामान छिटो ढुवानी हुने कम्पनीले जनाएको छ।
अमेजन एयर लगभग ६ वर्ष पहिले अमेरिकामा सुरु भएको थियो। यो सन् २०१६ मा सुरु भएको थियो। त्यसबेला यो तीन दर्जन बोइङ विमानसँग ल्याइयो। त्यसपछि बेलायतमा पनि यसको परीक्षण गरिएको थियो।
भारतमा अमेजनको एयर कार्गो विमानलाई प्राइम एयर भनिन्छ। यो कम्पनीको छुट्टै सेवा हो। यससँगै ड्रोनमार्फत डेलिभरी गरिन्छ। –एजेन्सी
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago