काठमाण्डौ । कुमारी क्यापिटल लिमिटेडले नववर्ष २०७८ का अवसरमा लगानी मेला तथा अनलाइनबाट नै हितग्राही खाता खोल्न सकिने सेवा सञ्चालनमा ल्याएको छ। 

यो योजनाअन्तर्गत नयाँ तथा पुरानो लगानीकर्तालार्ई धितोपत्रमा लगानीको योजना, धितोपत्रमा पोर्टफोलियोको सन्तुलन तथा पुनः संरचना, सम्पत्ति व्यवस्थापनसम्बन्धी परामर्श र बजारीकरण रणनीतिसम्बन्धी निःशुल्क सेवा सञ्चालनमा ल्याएकोे छ।  साथै, अनलाइन मार्फत हितग्राही खाता खोल्दा खल्ती वालेट प्रयोग गरी ५ प्रतिशत क्यासब्याक पाउन सकिनेछ। 

लगानी मेलाबाट यस संस्थाले सर्बसाधारण तथा संस्थालाई लगानीको उचित पहिचान गरीे परामर्श सेवा प्रदान गर्नेछ। लगानीकर्ताले यस संस्थाको लगानी विशेषज्ञहरुद्वारा परामर्श लिई आफ्नो सम्पत्तिको जोखिम न्यूनीकरण गरी लगानीको योजना बनाई धेरैभन्दा धेरै लाभ लिन सक्नेछन्। त्यसैैले यस मौकालाई अधिकतम प्रयोग गरी आफ्नो उच्चतम लाभ लिने पथमा लम्कने अवसरका रुपमा लिन क्यापिटलले आग्रह गरेको छ। 

यसका साथै अनलाइनमार्फत हितग्राही खाता खोल्नका लागि यस क्यापिटलको वेबसाइट www.kumaricapital.com मा गई ‘अनलाइन लिंक्स’ मा क्लिक गरी ‘अनलाइन डिम्याट’ मा गई सम्पूर्ण आवश्यक विवरण प्रबिष्ट गरी हितग्राही खाताका लागि एकपटक नजिकैको कुमारी बैंक लिमिटेडको शाखा कार्यालय वा कुमारी क्यापिटल लिमिटेडमा आफ्नो सक्कल नागरिकता, नाबालकको हकमा सक्कल जन्म दर्ता तथा संरक्षकको सक्कल नागरिकता लिई समयमै सरल र छिटो तरिकाले आफ्नो  हितग्राही खाता खोल्न सकिनेछ। 
यस लगानी मेलामा परामर्श सेवा वैशाख महिनाभरि निःशुल्क गरिएको क्यापिटलले जनाएको छ। साथै, यस मेलामार्फत कुमारी क्यापिटलको  लगानी  ब्यवस्थापन सेवामा आबद्ध हुने सम्पुर्ण लगानीकर्तालाई वार्षिक शुल्कमा २५ प्रतिशत छुट प्रदान गरिनेछ। 

सार्वजनिक बिदाको दिन र शुक्रबारबाहेक प्रत्येक दिन कार्यालय समयमा यो मेला सञ्चालन हुनेछ। यस लगानी मेलामा भर्चुअल माध्यमबाट पनि आवद्ध भई लाभ लिन सकिने क्यापिटलले जनाएको छ। 

यो सेवा प्राप्त गर्नका लागि कुमारी क्यापिटलको काठमाण्डौको नक्सालस्थित नागपोखरीमा रहेको कार्यालयमा सम्पर्क गरी, फोनमा सम्पर्क तथा ई–मेल गरी सहभागी हुन सकिनेछ।