काठमाण्डौ । प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै ई–केवाइसी सेवा संचालनमा ल्याएको छ । 

प्रभु बैंक लिमीटेडमा खाता खोली कारोबार गर्ने ग्राहकहरुले बैंकको वेबसाइट www.prabhubank.com मा लगइन गरी अनलाइनमार्फत केवाइसी अद्यावधिक गर्ने व्यवस्था मिलाईएको बैंकले जनाएको छ । 

यो सेवा सुचारु भएपछि केवाइसी अद्यावधिक गर्ने प्रयोजनका लागि अब बैंकसम्म पुगिरहनुपर्ने बाध्यता पूर्ण रुपमा हटेको छ । 

प्रभु बैंक लिमीटेडले सञ्चालनमा ल्याएको उक्त सेवा सुरक्षित एवम् प्रभावकारी रहेको तथा केवाइसी सम्बन्धी सम्पूर्ण विवरणहरु यथा–समयमै अद्यावधिक गरी खाता नियमित सञ्चालन गर्न सहज हुनेछ र यसबाट ग्राहकहरुले आफ्ना समय बचत तथा सदुपयोग गरी अत्याधिक लाभ उठाउने बैंकले विश्वास व्यक्त गरेको छ ।