काठमाण्डौ। दक्षिण कोरिया जान चाहने विदेशी यात्रुहरुले अब कोरोना परीक्षणको रिपोर्ट अनिवार्य रुपमा देखाउनुपर्ने भएको छ।

दक्षिण कोरियाली सरकारले कोरोना संक्रमणको मामिला धेरै देखिएका देशहरुबाट आउने यात्रुहरुका लागि यस्तो नियम ल्याएको हो। यो नियम आउँदो सोमबारदेखि लागू हुनेछ। 

दक्षिण कोरिया जान अनिवार्य रुपमा कोरोना परीक्षण गरेको हुनुपर्ने र नतिजा नेगेटिभ आएको हुनुपर्नेछ। कोरोना परीक्षणको रिपोर्ट ४८ घन्टाभन्दा पुराना हुन नहुने त्यहाँको कोरिया सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले जनाएको छ। 

संस्थाका अनुसार दक्षिण कोरियाद्वारा मान्यता प्राप्त कोभिड टेस्ट सेन्टरको रिपोर्टलाई मात्र नै विमानस्थलमा स्वीकारिनेछ। 

गत महिनामात्रै कम कोरोना संक्रमित हुँदा पनि दक्षिण कोरियाली सरकारले कोरोनाको दोस्रो लहरको सामना गर्नुपर्ने हुन सक्ने चेतावनी दिएको थियो। – एजेन्सी