काठमाण्डौ । नमस्ते पेले आफ्ना ग्राहकका लागि आन्तरिक उडान टिकट सेवा सुरु गरेको छ। 

यो सेवा अब एन्ड्रोइडमा उपलब्ध छ र चाँडै आईओएसमा पनि लन्च हुनेछ। नमस्ते पे प्रयोगकर्ताले अब नमस्ते पे वालेटमार्फत किफायती दरमा आन्तरिक गन्तव्यहरुका लागि उडान टिकटहरु (एकतर्फी र राउन्ड ट्रिप) किन्न सक्नेछन्। 

नमस्ते पे प्रयोगकर्ताले भरपर्दो र सुरक्षित बुकिङ पार्टनरबाट एयरलाइन्स टिकट बुक गर्न सक्षम हुनेछन्।

यसका साथै नमस्ते पेले उडान गर्नेहरुका लागि आकर्षक  अफर ल्याएको छ। जहाँ उडान टिकट खरिद गर्ने पहिलो पाँच ग्राहकले आफ्नो वालेटमा रु. ३०० को फ्ल्याट क्यासब्याक पाउनेछन्। बाँकीले उडान टिकट खरिद गर्दा रु. १५० को फ्ल्याट क्यासब्याक पाउनेछन् र भाग्यशाली एक प्रयोगकर्ताले पोखराको दुईतर्फी उडान टिकट पाउनेछन्।

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले सुरु गरिएको डिजिटल भुक्तानी सेवा हो। आधुनिक प्रविधिको प्रयोगमार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ।