काठमाण्डौ । विश्वभर ७११ मिलियनभन्दा बढी प्रयोगकर्ता भएको विश्वकै अग्रणी मेसेजिङ एप भाइबरले नेपालमा पनि पब्लिक च्याट सुरु गरेको छ ।

‘भाइबर पब्लिक च्याट’ यस्तो मोबाइल प्लाटफर्म हो, जसले प्रयोगकर्ताहरुलाई सेलिब्रिटी, विभिन्न व्यक्तित्व तथा ब्राण्डलाई फलो गर्न सहज बनाउँछ । यस पब्लिक च्याटमा टेक्स्ट, फोटो, अडियो, भिडियो, स्टिकर, वेब लिंक तथा विभिन्न विशेषताहरु छन् भने भाइबरका सबैभन्दा लोकप्रिय च्याटहहरु पनि पब्लिक च्याटको होमस्क्रीनमा देख्न सकिन्छ । 

यसबाट प्रयोगकर्ताले सजिलै कसले च्याट गरिरहेको छ भनेर हेर्न  र व्यक्तिगत च्याट लिंकबाट सिधै च्याट पनि गर्नसक्छ । विभिन्न ब्राण्ड तथा संस्थाहरुका लागि पनि आफ्ना टिम, सहकर्मी तथा पार्टनरहरुलाई परिचित गराउन पनि पब्लिक च्याटको माध्यम महत्वपूर्ण हुनेछ । 

हाल पब्लिक च्याटमा माल्भिका सुब्बा, प्रियंका कार्की, रिचा शर्मा, नग्मा श्रेष्ठ, भूतपूर्व प्रधानमन्त्री बाबुराम भट्टराई जस्ता सेलिब्रेटीहरु चर्चित भइसकेका छन् । यसबाट प्रयोगकर्ताहरुले आफूले मन पराएका सेलिब्रिटी वा व्यक्तित्वहरुको बारेमा विभिन्न जानकारी समेत पाउन सक्छन । 

                                                                             
‘भाइबरको पब्लिक च्याटमा हुँदा मैले एकदमै राम्रो अनुभव गरिरहेको छु र मलाई रमाइलो पनि लागिरहेको छ।’–चर्चित नेपाली नायिका रिचा शर्माले भनिन् । सन् २०१२ की मिस नेपाल अर्थ नग्मा श्रेष्ठका अनुसार यो नयाँ र रमाइलो रहेको र आफ्ना कुरा शेयर तथा अपडेट गर्न सजिलो भएको बताइन । 

चर्चित पप गायक निमा रुम्बाले पब्लिक च्याटबाट आफ्ना फ्यानहरुले आफ्नो संगीत तथा नयाँ कुराहरु सिधै हेर्न सक्ने बताए । ‘यसले गर्दा मैले अझ धेरै मानिसहरुसँग कनेक्ट गर्न सकिरहेको छु र मैले आफूले चाहे जतिलाई पब्लिक च्याटमा इन्भाइट पनि गर्नसक्छु।’–रुम्बाले थपे । 

भाइबर दक्षिण एशिया क्षेत्रका प्रमुख अनुभव नाय्यरले नेपाली प्रयोगकर्ताहरुले अब पब्लिक च्याटमार्फत सजिलै आफ्ना सेलिब्रटीहरुसँग कनेक्ट गर्न पाउने खबर दिन पाउँदा आफू उत्साहित भएको बताए । ‘पब्लिक च्याटले प्रायेगकर्ताहरुलाई नयाँ तरिकाबाट कुरा गर्न, प्रत्यक्ष कुराकानी सुन्न र आफूले चाहेको व्यक्तिहरुको बारेमा विभिन्न कुरा थाहा पाइरहन सहज बनाउँछ।’–उनले थपे । 

आफ्नो भाइबर पब्लिक च्याट बनाउन चाहनेले partnerships.nepal@vider.com मा इमेल गर्न सक्ने बताइएको छ ।

के हो भाइबर ?
भाइबर, हरेक दिन संसारभरका प्रयोगकर्ताहरुलाई निःशुल्क जोड्ने एक सशक्त माध्यम बन्न सफल राकुटेन ग्रुप कम्पनीको मेसेजिङ एप हो । यसको मद्धतबाट एक–अर्काको भावना एकअर्कासँग उत्कृष्ट ढंगले साटासाट गर्न सकिन्छ । ७११ मिलयनभन्दा बढी युनिक प्रयोगकर्ता भएको भाइबरले प्रयोगकर्ताहरुलाई उहाँहरुकै स्टाइलमा कनेक्ट गर्दै आइरहेको छ, जस्तो व्यक्तिगत मेसेज, भिडियो कल, ब्राण्ड वा सेलिब्रिटी फलो गर्न पब्लिक च्याट वा ग्रुप च्याट मार्फत । भाइबर आइफोन, आइप्याड, एन्ड्रोइड र ट्याब्लेटहरु, विण्डोज फोन, विण्डोज, विण्डोज ८, म्याक, लिनक्स र सिम्बाएन डिभाइसहरुमा थ्रीजी, फोरजी वा वाइफाइबाट कनेक्ट गरी प्रयोग गर्न सकिन्छ ।