काठमाण्डौ । फोनपे पेमेन्ट सर्भिस लिमिटेडले आफ्ना प्रयोगकर्ता तथा मर्चेन्टहरुलाई लक्षित गर्दै ‘क्यूआरमा उपहार’ योजना सार्वजनिक गरेको छ।

फोनपेका प्रयोगकर्ता र मर्चेन्टहरुलाई क्यूआरमार्फत भुक्तानी गर्न प्रेरित गर्ने उद्देश्यले यो उपहार योजना सञ्चालनमा ल्याइएको कम्पनीले हो। यो योजनाअन्तर्गत प्रयोगकर्ताले दैनिक, साप्ताहिक र मासिक रूपमा उपहार जित्न सक्ने कम्पनीको भनाइ छ। 

यस योजनामा दैनिक ५ जना प्रयोगकर्ता र मर्चेन्टले रु. १ हजार, हरेक हप्ता २ जना प्रयोगकर्ता र मर्चेन्टले रु. १० हजार तथा हरेक महिना १ जना प्रयोगकर्ता र मर्चेन्टले रु. १ लाख जित्न सक्ने कम्पनीले जनाएको छ। यस्तै बम्पर उपहारमा १ जना भाग्यशाली प्रयोगकर्ता र १ जना मर्चेन्टले १÷१ वटा यमाहाको रेजेडआर आई१२५एफ वान स्कुटर जित्न सकिनेछन्। 

बम्पर उपहार  योजनाको अन्तिममा सार्वजनिक गरिने बताइएको छ। यो योजना ८ मंसिरदेखि माघ ११ गतेसम्म सञ्चालन हुनेछ।

फोनपेसँग आबद्ध बैंक तथा ईसेवाको मोबाइल बैंकिङबाट प्रयोग गर्ने प्रयोगकर्ताहरु यो उपहार योजनामा सहभागी हुने कम्पनीले जनाएको छ।