काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले बचतको ब्याजदर घटाएर न्यून विन्दूमा पुर्याएपछि राष्ट्रबैंकले कडा कदम चालेको छ । 

केन्द्रीय बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा अन्तर्गत निक्षेपकर्ताहरुलाई अन्याय नहुने गरी नीति बनाएको हो । 

मौद्रिक नीतिको समीक्षामार्फत मुद्धती निक्षेप र बचतको ब्याजदर ५ प्रतिशत भन्दा फरक पार्न नपाइने नीति ल्याइएको हो । 

कतिपय बैंकहरुले मुद्धती निक्षेपमा ९ प्रतिशतसम्म ब्याज दिए पनि बचतको ब्याजदर १ प्रतिशतसम्म झारेपछि निक्षेप पलायनको क्रम सुरु भएको थियो । साधारण निक्षेपकर्तालाई नै अन्याय हुने गरी ब्याजदर न्यून विन्दूमा झरेपछि केन्द्रीय बैंकले त्यसमा कस्दै ५ प्रतिशत फरक पार्न नपाइने नीति ल्याएको हो । अब यसको अर्थ कुनै बैंक तथा वित्तीय संस्थाले मुद्धती निक्षेपमा ९ प्रतिशत ब्याजदर दिन्छन् भने त्यस्तो संस्थाले बचतको ब्याजदर ४ प्रतिशतभन्दा कम कायम गर्न पाइनेछैन ।