काठमाण्डौ । भारतमा अब कुनै पनि कम्पनीको आईपीओ निष्कासन बन्द भएको ३ दिनभित्रै सेयर लिस्टिङ (सूचीकृत) हुने भएको छ।
सेयर बजार नियामक सेबीले आईपीओ लिस्टिङको समयावधि घटाएको छ। अब कुनै पनि कम्पनीको आईपीओ बिक्री बन्द भएको ३ दिनभित्रै सेयर लिस्टिङ हुनेछ। यसअघि भारतमा आईपीओ निष्कासन बन्द भएको ६ दिनभित्र लिस्टिङ गर्नुपर्ने नियम थियो।
सेबीको बुधबार परिपत्र जारी गर्दै यसबारे जानकारी दिएको हो। यो नियम आउँदो डिसेम्बर १ देखि लागू हुने सेबीले प्रस्ट पारेको छ।
सेबीले बजारसँग सरोकार राख्ने निकायहरुसँग छलफल गरी यो नयाँ नियम ल्याएको हो। अब कम्पनीले आफ्नो अफर डकुमेन्टमा लिस्टिङको टाइमलाइनबारे जानकारी दिनुपर्नेछ। –एजेन्सी
24 minutes ago
54 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago