काठमाण्डौ । विभिन्न क्षेत्रमा प्रविधिको प्रयोग भइरहेको छ। अनुसन्धानकर्ताहरुले चिकित्सा क्षेत्रलाई बलियो बनाउन हरेक दिन केही नयाँ प्रयासहरु गरिरहेका छन्। प्रविधिको प्रयोगसँगै यस क्षेत्रको क्षमता विस्तार भइरहेको छ। अनुसन्धानकर्ताहरु अब कसैको आवाजबाट रोग पत्ता लगाउने प्रविधिमा काम गरिरहेका छन्।

अन्वेषकहरुले डाटाबेस तयार गर्दैछन्। जसले मानिसको आवाज सुनेर रोग पत्ता लगाउन प्रयोग गरिनेछ। यो एआई आधारित उपकरण अल्जाइमरदेखि क्यान्सरको निदानमा प्रयोग गरिनेछ।

यसका लागि काम गरिरहेको संस्थाले मानव आवाजको प्रयोग गरेर रोग पत्ता लगाउने प्रविधि विकास गर्ने प्रयास गरिरहेको जनाएको छ। अब जसरी रगत वा तापक्रमको सहायताले कसैको स्वास्थ्य अवस्था पत्ता लगाइन्छ, त्यसरी नै यसले काम गर्नेछ।

के भन्छन् विज्ञहरु ?

यस प्रोजेक्टसँग सम्बद्ध प्रोफेसर ओलिभर एलिमेन्टोले भने, ‘भ्वाइस डाटाको सुन्दरता यो हो कि यो सायद तपाइँले प्रयोगकर्ताबाट संकलन गर्न सक्ने सबैभन्दा सस्तो डाटा हो। यो बिरामीबाट जानकारी संकलन गर्ने सबैभन्दा पहुँचयोग्य तरिका हो।’

यस परियोजनामा काम गरिरहेका याएल बेन्सौसनले भने, ‘केही अघिल्लो अध्ययनहरुले आवाज पत्ता लगाउने क्षमताहरु पत्ता लगाएका छन्। तर, यी अनुसन्धानहरु साना थिए। यसबाहेक भ्वाइस डाटाको ठूलो डाटाबेस पनि अवस्थित छैन। यो अनुसन्धानको पूर्ण रूपमा नयाँ क्षेत्र हो।’

अनुसन्धानकर्ताहरुले अहिलेसम्म यस प्रविधिका लागि आवाज जानकारी संकलन गर्ने उत्तम तरिका फेला पारेका छैनन्।

यो प्रविधिले कसरी काम गर्नेछ?

यदि तपाइँले यो सम्पूर्ण कुरालाई सजिलो भाषामा बुझ्नुभयो भने अब तपाइँलाई कुनै पनि रोग जाँच गर्न रगत वा अन्य कुनै नमूना दिनुपर्छ। भविष्यमा तपाइँको आवाज पनि यस्तै नमुना बन्नेछ। अन्वेषकहरु हाल यस क्षेत्रमा काम गरिरहेका छन् र यसलाई पूरा गर्न कति समय लाग्ने भन्ने स्पष्ट छैन।

यसका लागि अनुसन्धानकर्ताहरुले मानिसहरुको आवाजको डाटाबेस बनाउनेछन्, जसलाई आर्टिफिसियल इन्टेलिजेन्स उपकरणहरु विकास गर्न प्रयोग गरिनेछ। अनुसन्धानकर्ता टोलीले नयाँ एप तयार गर्न थालेको छ, जसले मानिसको आवाजको नमुना संकलन गर्नेछ।
मानौँ कसैलाई पार्किन्सनको समस्या छ। यस्तो व्यक्तिको स्वर सुस्त र टोन पिच कम हुन्छ। अनुसन्धानका क्रममा व्यक्तिले एपमा दिइएको लाइन पढ्नुपर्नेछ र उनको आवाजका आधारमा मात्रै रोग पत्ता लगाउन सकिन्छ। यसमा जनताको गोपनीयताको पनि ख्याल गरिनेछ।

चिकित्सा उद्योगमात्र होइन ठूला प्राविधिक कम्पनीहरुले पनि आवाज सहायकहरु सिर्जना गर्न मानिसहरुको आवाज प्रयोग गरिरहेका छन्। अमेजनले एउटा पेटेन्ट दायर गरेको छ, जसको प्रयोग गरेर एलेक्साले मानिसहरुलाई भावनात्मक वा अन्य कुनै समस्या छ कि छैन पत्ता लगाउन सक्षम हुनेछ। 

समग्रमा भविष्यमा आर्टिफिसियल इन्टेलिजेन्सले हाम्रो जीवनमा धेरै चिजहरु सजिलो बनाउनेछ। –एजेन्सी