काठमाण्डौ । स्मार्ट टेलिकमले भारतमा फोन गर्नका लागि सस्तो प्याक सार्वजनिक गरेको छ । 

जसअनुसार, १ दिनमा १० मिनेटको प्याकेज लिँदा प्रतिमिनेट १.८८ रुपैयाँ शुल्क तोकिएको छ  । 

त्यस्तै १ दिनमा ७० मिनेटको प्याक लिँदा प्रतिमिनेट १.८० रुपैयाँ तोकिएको छ भने ७ दिनमा ७० मिनेटको प्याकेजका लागि १.७८ रुपैयाँ तथा ३० दिनका लागि २२० मिनेटको प्याक लिँदा १.७४ रुपैया प्रतिमिनेट शुल्क तोकिएको स्मार्टले जनाएको छ ।