काठमाण्डौ । नेपाल राष्ट्र बैंकले अब विदेशी लगानीबापतको विदेशी मुद्रा नेपाल भित्र्याउन निवेदन प्राप्त भएको १५ कार्यदिनभित्रै निर्णय गर्ने व्यवस्था गरेको छ।
केन्द्रीय बैंकले ‘नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’मा दोस्रो संशोधन गर्दै यस्तो व्यवस्था गरेका हो। सम्पूर्ण कागजातसहित निवेदन प्राप्त भएको मितिले १५ कार्यदिनभित्र राष्ट्र बैंकले सोसम्बन्धी निर्णय गरी निवेदकलाई लिखित जानकारी दिने व्यवस्था गरिएको छ। यसअघि यो व्यवस्था थिएन।
यसरी राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेको विदेशी लगानीबापतको विदेशी मुद्रा बैंक तथा वित्तीय संस्थाले यकिन गरी सम्बन्धित उद्योग वा कम्पनीको खातामा जम्मा गर्नेछ।
यसैगरी विनियमावलीमा संशोधन गर्दै राष्ट्र बैंकले विदेशी लगानीको स्वीकृति प्राप्त गरेपश्चात विनियम ४(३) बमोजिम विदेशी मुद्रा भित्र्याउन केन्द्रीय बैंकको पूर्वस्वीकृति नलिई वा विनियम ४(१) मा व्यवस्था भएबमोजिम अनुसूची–२ को ढाँचामा इकाइमा लिखित जानकारी गराउन छुट हुन गई भित्रिएको विदेशी लगानीको समर्थन–स्वीकृति एवं लेखांकनका लागि सोको कारणसहित अनुसूची–७क बमोजिमका कागजातहरु संलग्न गरी अनुसूची–७ख बमोजिमको ढाँचामा इकाइमा निवदेन पेस गर्नुपर्नेछ। यस व्यवस्था अन्तर्गत निवेदन पेस गर्ने म्याद २०८० पुसमसान्त हुने व्यवस्था गरेको छ।
उपविनियम (४) बमोजिमका सम्पूर्ण कागजातसहित निवेदन प्राप्त भएपश्चात राष्ट्र बैंकले विदेशी लगानीको समर्थन–स्वीकृति एवं लेखांकनसम्बन्धी निर्णय गरी सो व्यहोरासमेत जनाई अनुसूची–८ बमोजिमको लेखांकनको प्रमाणपत्र उपलब्ध गराउन सक्नेछ।
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago