काठमाण्डौ। ‘खल्ती’ मोबाइल वालेटका प्रयोगकर्ताले एनसेलको मोबाइल डाटा प्याक र भ्वाइस प्याक अब ‘खल्ती’ डिजिटल वालेट मोबाइल एपका साथै Khalti.com वेबसाइटबाट सीधै किन्न सक्ने भएका छन्। ‘खल्ती’ बाट एनसेलका विभिन्न प्याक किन्दा ग्राहकले आकर्षक क्यास ब्याकसमेत पाउने छन्। 

एनसेलका प्याक किन्ने सुविधा दिन ‘खल्ती’ले मोबाइल एपमा नयाँ मेनु थपेको छ। त्यसमा एनसेलले उपलब्ध गराउने प्याकहरूको विवरण उपलब्ध छ। उक्त मेनुमा गएर ग्राहकले प्याक छानेर खरिद गर्नुका साथै उक्त प्याकको अवधिको समेत जानकारी पाउन सक्नेछन्। 

एनसेलको डाटा प्याक किन्न ‘खल्ती’ को मोबाइल एप वा Khalti.com वेब पेजबाट लगइन गर्नुपर्छ। त्यहाँको गृहपृष्ठमा डाटा प्याक मेनु उपलब्ध छ। त्यसमा गएपछि आफूले चाहेको प्याक योजना तालिकाबाट छान्न सकिन्छ। त्यसपछि कुन मोबाइल नम्बरका लागि प्याक किन्ने हो, त्यही नम्बर हाल्नुपर्छ। त्यहाँ डाटा प्याकको भुक्तानी विधि छान्ने विकल्प उपलब्ध छ। 

ग्राहकले ‘खल्ती’ एपबाट सीधै, मोबाइल बैंकिङ वा इन्टरनेट बैंकिङमध्ये कुनै विकल्प छानेर डाटा प्याक को भुक्तानी गर्न सक्नेछन्। यही विधिबाट एनसेलको भ्वाइस प्याकसमेत खरिद गर्न सकिनेछ।

एनसेलका प्रमुख बाणिज्य अधिकृत प्रदीप श्रीवास्तव आफूहरु डिजिटल प्लेलफर्म उपयोग गर्ने ग्राहकको आवश्यकतालाई सम्बोधन गर्न सधैं प्रयासरत रहेको बताउँछन्। ‘खल्ती डिजिटल वालेटसँगको सहकार्यमा हाम्रा उत्पादनहरू एपबाटै खरिद गर्न सकिने ब्यवस्था गरेका छौं। ग्राहकका मागका आधारमा बढी उत्पादन र सेवाहरू थप गर्दै लानेछौं’, उनी भन्छन्। 

एनसेलका ९८.९९ रुपैयाँण्देखि १०४०.६५ रूपैयाँसम्मका प्याक खल्तीमा उपलब्ध छन्। तोकिएको भोलुमको डेटा सकिए पनि अबधि बाँकी रहेसम्म मुख्य ब्यालेन्सबाट रकम काटिने छैन।

‘खल्ती’का निर्देशक अमित अग्रवाल एनसेलसँगको सहकार्यमा मोबाइल एप र ‘खल्ती’ डटकम वेव पेजबाट डाटा किन्न सकिने सुविधा ल्याएपछि ‘खल्ती’बाटै परिवारका सदस्य र आफन्ताई समेत डाटा किनेर उपहार दिन सकिने अबस्था आएको बताउँछन्। ‘खल्तीबाट जुनसुकै मोबाइलका लागि डाटा किन्न सकिने भएको छ’, उनी भन्छन्, ‘यसले गर्दा डाटा किन्न नजान्ने, मोबाइलमा डाटा किन्न डायल गर्नुपर्ने विभिन्न कोडले गर्दा झन्झट मान्नेहरूलाई समेत सजिलो भएको छ।’

लकडाउनका बेला रिचार्ज कार्ड किन्न कठिनाइ भोग्नेहरूलाई एनसेलको सहकार्यले निकै सहज बनाइदिएको छ। यतिखेर घरमा बस्नेहरूले अरू बेलाभन्दा बढी डेटा प्रयोग गरिरहेका छन्। पसलहरू नखुलेकाले रिचार्ज कार्ड किन्न सहज नभएका बेला मोबाइल एपबाटै डाटा किन्न सकिने भएपछि एनसेल प्रयोगकर्ताहरूलाई निकै सहज भएको छ। 

‘खल्ती’ वालेटबाटै मोबाइल रिचार्ज, भ्वाइस प्याक र डेटा प्याक किन्न पाउने सुविधा उपलब्ध हुँदा टेलिकम कम्पनीहरू रिचार्ज कार्ड छाप्ने खर्चबाट मुक्त हुँदैछन् भने रिचार्ज कार्ड किन्न पसल धाउनुपर्ने, पिन नम्बर कोट्याउनुपर्ने र लामो अंकको पिन सम्झिनुपर्ने अबस्थाबाट मोवाइल प्रयोगकर्ता मुक्त हुँदै गएका छन्।  

‘खल्ती’ को मोबाईल एप तथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ। ‘खल्ती’का प्रयोगकर्ताको संख्या १३ लाखभन्दा बढी छ।