काठमाण्डौ। विश्वमा निर्माण हुने सवारीसाधनको स्वरुपमा बर्सेनि तीव्रगतिमा परिवर्तन भइरहेका छन्। अब कस्ता खाले सवारीसाधन आउला भन्ने कल्पना गर्न पनि मुस्किल पर्न थालिसकेको छ।

यस्तै पत्याउन नसकिने सवारीसाधन अब विश्वले देख्न पाउने भएको छ। त्यो सपना पूरा गरिदिने भएको ई–कमर्स कम्पनी अमजेनले।

अमेजनले एउटा युनिक सेल्फ ड्राइभिङ रोबोट्याक्सी बनाएको हो। यो रोबोट्याक्सी अमेजनको जुक्सले यो रोबोट्याक्सीको पर्दा हिजो डिसेम्बर १४ मा उठाएको हो। 

सीएनबीसीको खबरअनुसार जुक्सले ड्राइभरलेस इलेक्ट्रिक रोबोट्याक्सी लन्च गरेको हो। यो रोबोट्याक्समिा स्टेयरिङ नै छैन। यसमा आमने–सामने चार यात्रु बस्न सक्छन्। 

यो रोबोट्याक्सीमा प्रतिघन्टा ७५ माइलसम्म यात्रा गर्न सकिन्छ। एकपटक चार्ज गर्दा यो १६ घन्टासम्म चल्छ। सुरक्षाका लागि चारवटै सिटमा एयरब्याग राखिएको छ। 

यो रोबोट्याक्सीमा क्यामेरा, राडर र लिडार सेन्सर पनि जडान गरिएको छ। यिनको मद्दतले कार सकडमा २७० डिग्रीसम्म नजर राख्न सक्छ। 

हाल अमेजन जुक्सले यो रोबोट्याकसीको परीक्षणका रुपमा अमेरिको लस भेगास, फोस्टर सिटी र सान फ्रान्ससिस्को सहरमा गुडाइएको छ। भविष्यमा यो रोबाट्याक्सीलाई अन्य सहर र देशमा पनि सञ्चालनमा ल्याइएको कम्पनीको योजना छ।– एजेन्सी