काठमाण्डौ । चिनियाँ स्मार्टफोन कम्पनी साओमीको रेडमी नोट १० शृंखलाका तीन मोडका फोनमा गंभिर समस्या देखिएको छ। गत महिना भारतमा शुरु गरिएका रेडमी नोट १०, नोट १० प्रो र नोट १० प्रो म्याक्स सिरिजका फोनमा यी समस्या देखिएका हुन्।

प्रविधि सम्वन्धिको चर्चित अनलाइन 91mobiles.com का अनुसार यी फोनको टच स्क्रिनमा नै गंभिर समस्या देखिएको छ। पछिल्लो जेनेरेसनकालागि फोनको फिचरमा धेरै अपग्रेड गरेको जनाउने यो कम्पनीको यी सिरिजका फोनको बारेमा धेरै प्रयोगर्ताले गुनासो गरिसकेको उक्त समाचारमा जनाइएको छ। उनीहरुका अनुसार यी फोनको फिङगर प्रिन्टमा नै समस्याा देखिएको छ।

समाधानका लागि पहल भैरहेको कम्पनीको दावी

साओमीले ६० एचजेड रिफ्रेस रेट रहेको आफ्ना फोनहरुलाइ AMOLED प्रविधिमा पहिलो पटक अपग्रेडगरेका यी तीन सिरिजका फोनमा गुनासो आएपनि कम्पनीको यसतर्फ आफ्नो ध्यानाकर्षण भएको दावी गरेको छ। उक्त अनलाइनमा प्रकाशित समाचार अनुसार पुरानो सिरिजका साओमिका फोनमा यस प्रकारका समस्था थिएनन्, जुन समस्या अहिले देखिएको छ।

समाचारमा जनाइएअनुसार यी मोवाइलहरुमा सफ्टवयर ह्याङ हुने, सफ्टवयर अपडेट नहुँदा एप्लिकेशनहरुले सही तरिकाले काम नगर्ने, सेन्सरमा समस्या देखिने, पब्जीलगायतका युवापुस्तामाझ चर्चितबनेका गेमहरुले काम नगर्ने जस्ता थुप्रै समस्याहरु देखिएको छ।

आफ्ना नयाँ फोनमा सिरिजहरुमा उपभोक्ताको गंभिर गुनासाहरु आउन थालेपछि यसको समाधानकाागि पहल भैरहेको कम्पनीको दावी छ। कम्पनीले केही प्रयोगकर्तामा देखिएको यो समस्या स्वीकार गर्दै साधानकालागि पहल भैरहेको दावी गरेको हो। कम्पनीले एक विज्ञप्ति मार्फत आफ्ना फोनमा नयाँ सिरिजमा देखिएको समस्या प्रति पश्चाताम गर्दै गुणस्तर सुनिश्चितगर्न उच्चतम पहल गर्ने जनाएको छ।

यसअघि चाइनिज फोन साओमीका प्रयोगककर्तामा गोपनियता र सुरक्षाको बिषयमा समेत गंभिर चुनौति देखिएको थियो। उक्त फोनमार्फत अनाधिकृत रुपमा प्रयोगकर्ताहरुको मोवाइलको कल रेकर्डिङ, ट्यापिङ लगायतका काम हुने हुनाले ती फोनको प्रयोगकर्ताको गोपनियता माथि प्रश्न उठेको थियो।

साओमी फोनका विभिन्न प्रयोगकर्ताहरुको पोर्न भिडियो हेरेको डाटा वाहिर आएपछि यो फोनका कमजोरी सार्वजनिक भएका थिए। उक्त घटनाले साओमीका प्रयोगकर्तामा उल्लेख्य हस आउने बिश्लेषण अध्ययनहरुको छ। साइवर सुरक्षासम्वन्धी अनुषन्धानकर्ता एन्ड्रयु डियरनीले गरेको एक अध्ययनले साओमीले गुगल प्लेमा धेरै तथ्याङक तथा व्राउजरहरु पठाएको देखाएको छ।

त्यसले लाखौं प्रयोगककर्ताको गोपनियता भंग हुने अवस्था उत्पन्न भएको फोब्स म्यागेजिनमा छापिएको समाचारमा उल्लेख छ। साओमी कम्पनीले भने सो मोवाइलको प्रयोगकर्ताको डाटा सुरक्षित गर्ने क्रममा त्यो वाहिरिएको स्वीकार गरेको छ।