काठमाण्डौ । विश्वकै ठूलो अर्थतन्त्र अमेरिकामा सटडाउनको खतरा बढ्दै गएको छ।
क्रेडिटि रेटिङ एजेन्सी मुडिजले अमेरिकाको क्रेडिटिङ रेटिङलाई डाउनग्रेड गर्ने चेतावनीसमेत दिएको छ। उसले सटडाउनबाट हुन सक्ने आर्थिक तथा राजनीतिक स्थिरतामाथि प्रश्न पनि उठाउने तयारी गरेको छ।
मुडिज एउटामात्रै ठूलो रेटिङ एजेन्सी हो। उसले अमेरिकलाई ट्रिपल ए रेटिङ प्रदान गरेको छ। मुडिजले क्रेडिट रेटिङ डाउनग्रेड गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी पनि दिएको छ।
उता फिचले गत अगस्ट १ मा अमेरिकाको रेटिङ ट्रिपल एलाई घटाएर डबल ए कायम गरेको थियो।
एस एन्ड पीले २०११ मा अमेरिकाको डाउनग्रेड गरेको थियो। उसले अहिलेसम्म अमेरिकाको रेटिङ बढाएको छैन।
अमेरिका सरकारले यो साताको अन्त्यसम्म नयाँ बजेट डिलमा सहमति बनाउनुपर्नेछ। सहमति नभए अमेरिकामा सटडाउनको खतरा बढ्नेछ। –एजेन्सी
10 hours ago
16 hours ago
16 hours ago
17 hours ago
17 hours ago
18 hours ago
19 hours ago
19 hours ago
20 hours ago
21 hours ago