काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसको संक्रमणबाट नेपालका पूर्वफुटबल खेलाडी महेश पन्थीको अमेरिकामा मृत्यु भएको छ।
अमेरिकाको भर्जिनिया राज्यको सेन्टरभिल सहरमा बस्दै आएका पन्थीको स्थानीय समयअनुसार हिजो बिहान करिब साढे ९ बजे उपचारका क्रममा भर्जिनियाको फेयरफ्याक्स काउन्टीस्थित इनोभा फेयर ओक्स अस्पतालमा मृत्यु भएको हो। कोरोना संक्रमण पुष्टि भएपछि उनी अस्पतालमा करिब २० दिन भर्ना भएका थिए।
ललितपुर फ्रेन्डस क्लबले सामाजिक सञ्जालमार्फत पन्थीको निधनको पुष्टि गरेको छ। पन्थी फ्रेन्ड्स क्लबबाट ए डिभिजन लिग खेलेका थिए। फ्रेन्ड्स क्लबले पन्थीको निधनले स्पोर्टस् पर्सन गुमाउनुपरेको भन्दै दुःख व्यक्त गरेका छन्।
ललितपुरको कुपण्डोल घर भएका पन्थी विगत एक दशकदेखि अमेरिकामा बसोबास गर्दै आएका थिए। उनका आमा, श्रीमती र एक छोरा र एक छोरी छन्।
पन्थीको शव परिवारजनले बुझिसकेका छिन्। उनको शव भर्जिनियाको स्यानटिलीस्थित अन्त्येष्टि गृहमा राखिएको छ। शव शुक्रबारसम्म अन्तिम दाह संस्कार गरिनेछ बताइएको छ।
3 minutes ago
20 minutes ago
45 minutes ago
52 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago