काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि अमेरिकामा कोरोना संक्रमणको दोस्रो लहर सुुरु भइहाले पनि पुुनः लकडाउन नगर्ने बताएका छन्।

अमेरिकामा हुुन सक्ने कोरोनाको दोस्रो लहरबारे सोधिएको प्रश्नको उत्तर दिँदै राष्ट्रपति ट्रम्पले भने, ‘हामी कोरोनाको आगो निभाउन गइरहेका छौँ तर देश नै बन्द भने गर्ने छैनौँ।’

ट्रम्पले यसअघि अमेरिकामा गर्मि मौसममा कोरोनाभाइरस सक्रिय हुुन सक्ने र यसलाई नियन्त्रण गर्न अमेरिका सफल हुुने अनुुमान लगाएका थिए। ट्रम्प प्रशासनका अधिकारीहरु र अमेरिकी स्वास्थ्य विज्ञहरुले अमेरिकामा कोरोनाभाइरस चिसो मौसम अर्थात फ्लुु देखिने मौसममा फेरि सुुरु हुुन सक्ने र यसलाई नियन्त्रण गर्न अझै कठिनाइ हुुने बताएका थिए। यो साताको सुुरुआततिर अमेरिकाको नेसनल इन्स्टिच्युट अफ इलर्जी एन्ड इन्फेक्सिएस डिजिजका निर्देशन डा एन्थोनी फोउसीले आफूलाई अमेरिकामा कोरोनाको दोस्रो लहर फैलनेमा कुुनै शंका नरहेको बताएका थिए। उनले अमेरिकाबाट भाइरस हराउने बताएका थिए। 

अमेरिकाका राज्य सरकारहरुले कोरोनाको नियन्त्रण र रोकथामका लागि त्यहाँका बासिन्दा र व्यापारव्यवसायमा कडा प्रतिबन्धहरु लगाएका छन्। तर यस विषयमा केन्द्र सरकार भने नरम देखिएको छ। 

कोरोनाको प्रभावका कारण देशको अर्थतन्त्र ध्वस्त भएको भन्दै ट्रम्पले अमेरिकालाई पुुनः पहिले जस्तै खुुलाउने प्रक्रिया सुुरु गर्ने बताइरहेका छन्। परिणामस्वरुप अमेरिकाका सबै ५० वटै राज्यहरुले अर्थतन्त्र र आमजनजीवनलाई केही हदसम्म खुुलाइरहेका छन्। यसमा सबैभन्दा धेरै प्रभावित न्युुयोर्क पनि समावेश रहेको छ। 

आफू फेरि चार वर्ष कार्यकालका लागि योग्य रहेको जनाउन ट्रम्प अमेरिकाको अर्थतन्त्रलाई पुुनर्जीवित पार्न चाहेको विश्लेषकहरुले बताएका छन्। अमेरिकामा कोरोनाको प्रभावरुवरुप ३ करोड ८० लाख जनताले बेरोजगार भत्ताका लागि आवेदन दिएका छन्। तर कोरोनाविरुद्धको भ्याक्सिन विकासमा केही शुुभ संकेतहरु देखिएकाले यो साता अमेरिकी सेयरबजारमा उछाल आएको थियो । – एजेन्सी