काठमाण्डौ । अमेरिकामा उडिरहेको बोइङ जेट विमानको एउटा आगो लागेको छ। आगलागीपछि इन्जिनका भग्नावशेष सहरी इलाकामा खसेको छ। 

यो घटना अमेरिकाको डेनवर इलाका नजिक भएको हो। बोइङ ७७७ विमानले उडान भर्नासाथ एउटा इन्जिन फेल भएको थियो।

विमान २३१ यात्री र १० जना चालक दलका सदस्य थिए। इन्जिनमा आगो लागे पनि पाइलटले विमान सकुशल डेनवर विमानस्थलमा अवतरण गर्न सफल भएका छन्। 

ब्रुमफिल्ड कस्बेस्थित प्रहरीले एउटा तस्बिर पोस्ट गरेको छ । जसमा एउटा विशाल इन्जिनको बाहिरी आवरण (फ्रेम) को भग्नावशेष एक स्थानीयको घरको प्रांगणमा खसेको छ। 

यो विमान डेनवरबाट होनोलुलुका लागि उडान भरेको थियो।

फेडरल एभिएसन एडमिनिस्ट्रेसनका अनुसार विमानको दायाँ इन्जिनमा खराब आएको हो। उसले अनुसन्धान सुरु गरिएको तत्काल स्थानीय उक्त इन्जिनको भग्नावेशषलाई हात नलगाउन आग्रह गरेको छ। – एजेन्सी