काठमाण्डौ । बिटक्वाइनको मूल्यमा दैनिक उछाल आएसँगै अमेरिकी लगानीकर्ताहरु स्टक मार्केटभन्दा बिटक्वाइनमा आकर्षित भएका छन्। जसका कारण कोभिड राहातबापत प्राप्त रकम पनि धमाधम बिटक्वाइनमा लगानी भइरहेको खुलासा भएको छ।  

पछिल्लो तथ्यांकले अमेरिकी सरकारले प्रदान गरेको राहात प्याकेज लिने हरेक ५ जनामध्ये २ जना अर्थात २० प्रतिशतले बिटक्वाइनमा लगानी गरेको पाइएको हो । यो खुलासा त्यहाँको मिजुहो सेक्युरिटिजले गरेको छ । 

सेक्युरिटिजसका अनुसार कुल राहात प्याकेजको ४० अर्ब डलर बिटक्वाइनमा लगानी भएको छ। 

केही समयदेखि अमेरिकामा गेम स्टप र तथा भर्चुअल  मुद्राको मूल्यले उकालो लागेको छ । आज बिट्क्वाइनको मूल्य ५६ हजार डलर रहेको छ । योसँगै कोभिड भ्याक्सिनको विकाससँगै त्यहाँको सेयर बजारमा अमेरिकी जहाज कम्पनीको सेयरमूल्य पनि बढ्न थालेको छ । – एजेन्सी