काठमाण्डौ। आर्थिक र भौगोलिक रुपमा विश्वकै ठूलो देश अमेरिकामा दोस्रो विश्वयुद्धपछिकै ठूलो कामदार अभाव भएको छ।

कोभिड–१९ पछि जोखिमयुक्त काम र अमेरिकाको दुर्गम भेगमा यसरी कामदार अभाव भएको हो। यसरी कामदार अभाव हुनुको कारणमा थोरै तलब र कम सुविधा पनि हो। 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अमेरिकास्थित ग्रोसरी सप तथा फास्टफुड कम्पनीमा अहिले कामदारको उच्च अभाव छ। 

कोभिडको पहिलो लहरसँगै अमेरिकामा विगत २ वर्षदेखि कामदारको अभाप चर्किएको छ। हस्पिटालिटी तथा चाइल्ड केयर सेन्टरमा मुख्य गरेर कामदार अभाव भएको छ।

कोभिडको पहिलो लहरपछि पनि त्यहाँस्थित कम्पनीहरुले दसौँ लाख कामदारलाई काममा  लगाए पनि दोस्रो लहरपछि निकै थोरै मानिसमात्रै काममा फर्किएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरु जनाएका छन्। –एजेन्सी