काठमाण्डौ । अमेरिकामा गत वर्ष नोभेम्बरमा ४५ लाखभन्दा बढीले जागिर छोडेका छन्। गत अक्टोबरमा पनि ४२ लाख बढीले जागिर छाडेका थिए। 

अमेरिकी श्रम विभागको तथ्यांकअनुसार जागिर छाड्नेको संख्या पछिल्लो २ दशकयताकै उच्च हो। मानिसले राम्रो अवसरको लाभ उठाउँछन्। त्यही कारण जागिर छाड्छन्। 

अमेरिकी सरकारले यसरी ठूलो संख्या जागिर छाड्नुमा निगरानी बढाएको छ। किनकि विगत २ वर्षदेखि कोरोना महामारीका कारण आर्थिक गतिविधिहरु र अर्थव्यवस्थामा दबाब परेको छ। 

अमेरिकामा जागिर छोड्नेहरुको संख्या बढ्नुलाई ‘ग्रेट रिग्जिनेसन’ भनिन्छ। यद्यपि कोरोना महामारीमा श्रमिकले आफ्नो प्राथमिकताहरुका बारेमा फेरि सोच्नमा ध्यान केन्द्रित गरिरहेका छन्। 

अमेरिकी अर्थव्यवस्थामा गत नोभेम्बरमा २.१० लाखजनाका लागि नयाँ जागिर खुल्यो। जुन अघिललो महिनाको तुलनामा कम हो। तर प्रतिवेदनहरुले अमेरिकाको अर्थव्यवस्था सही दिशामा अगाडि बढिरहेको उल्लेख गरेका छन्। जब कि कामदारको माग र तलब वृद्धिका बाबजुद केही मानिस अर्थव्यवस्थाप्रति निराशावादी छन्। –एजेन्सी