काठमाण्डौ । अमेरिका जान र त्यहाँ जागिर खाने सपना पूरा गर्न विश्वभरमा थुप्रै मानिसले कोसिस गरिरहेका हुन्छन्। अमेरिकामा काम गर्नका लागि एच१बी भिजा पाउन चिठ्ठा पर्नुभन्दा कम हुँदैन। 

अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेन प्रशासनले एच१बी भिजा (वर्किङ भिजा) प्रोग्रामका लागि नयाँ पहल सुरु गर्ने तयारी गरेका छन्। यसका लागि अमेरिकाको होमल्यान्ड सेक्युरिटी विभागले हालै एउटा महत्वपूर्ण अजेन्डा सार्वजनिक गरेको छ। यो अजेन्डा ल्याउनुको मुख्य उद्देश्य भनेको अब एच१बी भिजा पाउनका लागि रोजगारदाता र कामदारबीचको सम्बन्धका बारेमा निर्देशनहरु परिवर्तन गर्नु नै हो।

अमेरिकी भिजा पाउने निर्देशिकामा परिवर्तन गराउर्नुको अर्को एउटा उद्देश्य भनेको विश्वभरका सबैभन्दा शक्तिशाली राष्ट्रहरुको आवश्यकताको हिसाबले नयाँ भिजा नियम बनाउनु पनि रहेको छ। यसका साथै यसको अर्को उद्देश्य भनेको जुनकोही रोजगारदाताले कामदारका लागि एच१बी भिजा उपलब्ध गराउन गर्ने पहलमा हुने कीर्ते कार्यलाई रोक्नु पनि रहेको छ। 

इमिग्रेसन विज्ञका अनुसार जबसम्म रोजगारदाता र कमदारीबीचको सम्बन्धका बारेमा कुन–कुन कुरामा परिवर्तन गर्न सकिन्छ भने स्पष्ट नहुँदा पनि यो सम्भव नहुने बताउँछन्। 

विज्ञका अनुसार योसम्बन्धी तयार पारिएको ड्राफ्टको प्रपोजल आउँदो डिसेम्बरसम्म सार्वजनिक हुने अनुमान गरिएको छ। ‘त्यसपछि मात्र यस विषयमा स्पष्ट हुन सकिन्छ’, उनीहरु भन्छन्। 

यो नयाँ भिजा नीति ल्याउनका लागि पूरै प्रक्रियाको पालना गर्नुपर्ने हुन्छ। जसमा सबै लाभग्राहीको सुझाव र सल्लाह समावेश हुनुपर्नेछ। ‘त्यसपछि मात्र यो नयाँ भिजा नीतिलाई कार्यान्वयनमा ल्याउन सकिन्छ’, विज्ञहरु बताउँछन्। 

यदि कुनै कम्पनीले आफ्नो कारोबार र व्यवसायको हिसाबले आफ्ना कर्मचारीहरुलाई एच१बी भिजा उपलब्ध गराउन चाहन्छ भने त्यस्ता कम्पनीमाथि यो नयाँ नीतिको कम प्रभाव पर्ने बताइएको छ। 

वर्किङ भिजा नीतिमा हुने परिवर्तनले विदेशी कामदारको तलब मानमा पुनरावलोकन हुन सक्ने बताइएको छ। यसले ग्रिनकार्ड होल्डर र एच१बी भिजा प्राप्त विदेशी कामदारको तलब अन्तर कम गर्न मद्दत पुग्नेछ। यस विषयमा आउँदो नोभेम्बरसम्म नयाँ तलब मानका विषयमा निक्र्यौल हुन सक्ने बताइएको छ। यसका लागि थुप्रै चरणको प्रक्रिया अगाडि बढिसकेको विज्ञहरु बताउँछन्। – एजेन्सी