काठमाण्डौ । विश्व बजारमा अहिले कोभिड–१९ सँगै डिजिटल मुद्राको चर्चा चुलिएको छ। कुनै बेला बिटक्वाइनले चर्चा लिएको हुन्छ भने कुनै बेला लिटक्वाइनले तहल्का पिटेको हुन्छ। 

अहिले भने त्यस्तै डिजिटल क्वाइन 'डगक्वाइन' ले चर्चा पाएको छ। यो पनि इन्टरनेटमा आधारित एउटा डिजिटल मुद्रा हो। यसरी चर्चाको शिखरमा पुग्नुका कारण भने टेस्ला कम्पनीका मालिक एलन मस्कलगायतले डिजिटल करेन्सीका समर्थकहरुले साथ दिनु नै हो। 

केही दिनपहिला एलन मस्कले डगक्वाइनको विषयमा ट्विट नै गरेका थिए। यो क्वाइनको मूल्य १४ हजार प्रतिशतले बढेर अहिले ८४ बिलियन डलर बराबर पुगेको छ। जुन श्रीलंकाको वार्षिक जीडीपीभन्दा बढी हो। 

डगक्वाइनलाई बिट्क्वाइनसँग पनि तुलना गरिन्छ। यो क्वाइनलाई धेरै क्रिप्टोकरेन्सीका टे«डर तथा समर्थकहरुले गुमाउन नचाहेका कारणले मूल्य बढ्न गएको हो। 

एलन मस्कले १.५ मिलियनको खरिद गर्दै डगक्वाइनको प्रचारप्रसार गरेका छन्। यो क्वाइनलाई डगफादर पनि भनेर चिनिन्छ। 

सन् २०१३ मा दुईजना सफ्टवेयर इन्जिनियरहरुले आईबीएम र एडबबाट निर्माण गरेको यो डगक्वाइन अहिले आएर चर्चामा आएको हो। यो क्वाइनमा पनि बिटक्वाइनमा जस्तै अमेरिकामा राहातका लागि बाँडिएको प्याकेजको रकम लगानी आमसर्वसाधारणबाट भएको विश्लेषकहरुले बताएका छन्। 

वासिङ्टनले ३८४ बिलियन डलरको राहात प्याकेजअन्तर्गत प्रतिव्यक्ति १ हजार ४०० डलरभन्दा बढीको हिसाबले बाँड्दै आएको छ। – एजेन्सी