काठमाण्डौ। विश्व बजारमा कच्चा तेलको मूल्य बढेसँगै सेयर बजारमा गिरावट आउन थालेको छ। 

अमेरिकाको डाउ जोन एकैदिन २०९ अंक खसेको छ। यो उच्च विन्दुबाट झरेर हाल ३४५७७ को विन्दुमा सीमित बनेको छ। 

एस एन्ड पी ५०० इन्डेक्स ०.२ प्रतिशतले गिरावट आएको छ भने नास्डक ०.२ प्रतिशत उकालो लागेको छ। 

यसैबीच कच्चा तेलको मूल्य सन् २०१४ को नोभेम्बरपछि ७० डलर ब्यारेलबाट ७६.९८ डलर प्रतिब्यारलले उच्च रेकर्ड बनाएकोे छ। विश्लेषकहरुले कोभिड–१९ को प्रभाव घटेसँगै इन्धनको माग बढ्दै गएको र मूल्य बढेका बताएका छन्।

कच्चा तेलको मूल्य बढ्नुमा अर्को कारण रसिया तथा मेक्सिकोले उत्पादन कटौतीका लागि बोलाइएको भेटवार्ताका कारण पनि रहेको अनुमान गरिएको छ। 

विश्लेषकहरुका अनुसार अहिले नै सेयर बजारले खराब प्रदर्शन गर्नुपर्ने गरी अर्थतन्त्रमा कुनै फेरबदल गरिएको छैन। 

यसैबीच केही समयपहिला अमेरिकी बजारमा लिस्टिङ भएको चिनियाँ राइडर कम्पनी दिदीको सेयरमूल्यमा चीन सरकारले प्रतिबन्ध लगाएसँगै एकैपल्ट २० प्रतिशतले गिरावट आएको छ। प्रतिबन्धसँगै ड्राइभर र कार चालकले प्रयोग गर्न कठिनाइ हुने हुँदा यसको मूल्य गिरावट आएको हो। 

यसअघि चीन सरकारकै प्रतिबन्धका कारण भर्चुअल मुद्रा बिटक्वाइनलगायत सबै क्रिप्टोकरेन्सीमा उच्च गिरावट आएको थियो। – एजेन्सी