काठमाण्डौ । अमेरिकाले आफ्नो हवाई क्षेत्रमा निजी तथा व्यावसायिक सबै रुसी उडानमाथि प्रतिबन्ध लगाएको छ।

स्टेट अफ युनिअन सम्बोधनका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्नो प्रशासनले प्रतिबन्ध लगाएको पुष्टि गरेका हुन्। युरोपेली देश तथा क्यानडाले रुसी विमानहरुमाथि प्रतिबन्ध घोषणा गरेपछि अमेरिकी निर्णयबाहिर आएको हो।

राष्ट्रपति बाइडनले पछिल्लो कदमले रुस थप एक्लिने र उसको अर्थतन्त्रमाथि अझ दबाव सिर्जना हुने बताए। 

यसअघि युरोपेल राष्ट्र र क्यानडाले पनि रुसी उडानमा प्रतिबन्ध लगाइसकेका छन्। –एजेन्सी