काठमाण्डौ । रुसबाट सस्तो र सहज अवस्थामा कच्चा तेल आपूर्ति गरेपछि भारतले निरन्तर आयात गरिरहेको छ। 

रुस–युक्रेन द्वन्द्वसँगै तेलको मूल्यमा उछाल आएको थियो। रुस भारतका लागि कहिल्यै पनि प्रमुख तेल आपूर्तिकर्ता थिएन। यसका बाबजुद भारतले रुसबाट तेल खरिदमा धेरै गुणा वृद्धि गरेको छ। 

रुसबाट तेल खरिदबारे सोधिएको प्रश्नको जबाफमा विदेशमन्त्री एस जयशंकरले रुसबाट सस्तो तेल खरिद गर्नबाट भारतपछि नहट्ने स्पष्ट पारे। ‘यो भारतका लागि र भारतीय नागरिकको हितमा छ’, उनले भने। 

विदेशमन्त्री जयशंकरले अहिले विश्वभर कच्चा तेल र ग्यासको मूल्य उच्चस्तरमा रहेको बताए। ‘एसियामा तेल र ग्यासको परम्परागत आपूर्ति पनि युरोपतिर मोडिनेछ। यो किनभने युरोपले रुसभन्दा कम तेल र ग्यास खरिद गरिरहेको छ’, उनले भने, ‘आगामी दिनमा युरोपले रुसबाट तेल खरिद कम गर्न सक्छ। युरोपेली देशहरुले मध्यपूर्व र अन्य स्रोतबाट बढी तेल खरिद गरिरहेका छन्, जहाँबाट भारतले परम्परागत रुपमा आपूर्ति गरेको थियो।’

यस्तो अवस्थामा आफ्ना नागरिकको हितलाई ध्यानमा राखेर राम्रो सम्झौता गर्नु हरेक देशको दायित्व रहेको जयशंकरले स्पष्ट पारे। ‘ता कि उनीहरुलाई तेलको उच्च मूल्यको मुद्रास्फीतिबाट राहत देखाउन सकियोस् र त्यो हामीले गरिरहेका छौँ’, उनले भने। 

रुस–युक्रेन द्वन्द्वसँगै तेलको मूल्यमा भएको वृद्धिपछि भारतले रुसबाट तेल किन्ने धेरै गुणा बढाएको छ। वास्तवमा रुसले भारतलाई बजार मूल्यभन्दा १५ देखि ३० डलर प्रतिब्यारेल कममा तेल उपलब्ध गराउँदै आएको छ। यसै कारण भारतले रुसबाट तेल आयात बढाएको छ।

रुस–युक्रेन संकटलाई लिएर पश्चिमी देशहरुले तेललगायत धेरै प्रतिबन्ध लगाएर रुसलाई घेर्ने प्रयास गरिरहेका छन्। जहाँ ठूला तेल खरिदका कारण भारत, अमेरिका र युरोपेली मुलुकले खासै दबाब दिइरहेका छैनन्। अमेरिकाले रुसबाट तेल खरिद नगर्न भारतलाई दबाब दिइरहेको छ। तर, भारतले यसका लागि भारतीय नागरिकको हित पहिलो रहेको स्पष्ट गरेको छ। –एजेन्सी