काठमाण्डौ । चिकित्सा विज्ञान आज निरन्तर प्रगति गरिरहेको छ।
अमेरिकी डाक्टरहरुले अब यस क्षेत्रमा नयाँ हैसियत हासिल गरेका छन्। संसारमा कहिल्यै नभएको काम अमेरिकाका डाक्टरहरुले गरेका छन्।
डाक्टरहरुले बच्चाको मस्तिष्कको शल्यक्रिया गरेका छन्। बच्चाको मस्तिष्कको शल्यक्रियामा के चमत्कार भयो होला भन्ने लाग्ला। तर, हामीले सोचेभन्दा फरक रहेको छ।
अमेरिकी डाक्टरहरुले जुन बच्चाको मस्तिष्कको शल्यक्रिया गरे, त्यो बच्चा अझै जन्मिएको छैन। अर्थात्, आमाको गर्भमा रहेको बच्चाको डाक्टरहरुले शल्यक्रिया गरेका हुन्।
यो आश्चर्यलाग्दो शल्यक्रिया अमेरिकाको म्यासाचुसेट्स राज्यको बोस्टनमा गरिएको हो। त्यो बच्चालाई घातक भास्कुलर रोग थियो। यो शल्यक्रिया गरेर डाक्टरले बच्चालाई जन्मेलगत्तै मृत्यु हुनबाट बचाएका छन्।
यदि यो शल्यक्रिया नभएको भए बालकमा जन्मेलगत्तै हृदयघात वा स्ट्रोक हुन सक्थ्यो।
रिपोर्टका अनुसार यसअघि पनि पाठेघरमा मस्तिष्कको शल्यक्रिया भइसकेको छ तर अहिलेको असामान्य अवस्थाजस्तो भने थिएन।
डाक्टरहरुले अल्ट्रासाउन्ड प्रयोग गरेर ३४ हप्ताकी गर्भवती महिलाको शल्यक्रिया गरेका थिए। बोस्टन बाल अस्पतालका डाक्टर ड्यारेन ओर्बाकले भने, ‘विगत ६ हप्तादेखि बच्चाको स्वास्थ्य राम्रो रहेको जानकारी दिन पाउँदा हामी खुसी छौँ। उनलाई कुनै औषधि खुवाइएको छैन। बच्चाको वजन बढ्दैछ। मस्तिष्कले नकारात्मक प्रभाव देखाएको कुनै संकेत छैन।’
बेलायतमा हरेक वर्ष १०–१२ जना बच्चाहरु यो बिरामीका साथ जन्मिन्छन्। त्यसको केही दिनपछि उनीहरुको मृत्यु हुन्छ।
यो रोगमा मस्तिष्कको धमनीले केशिकाको सट्टा सीधै नसाहरुमा रगत पठाउँछ। जसले मुटुमा दबाब बढाउँछ र मस्तिष्कलाई नोक्सान पु¥याउँछ। अहिले उपलब्ध उपचारहरु बच्चा जन्मेपछि मात्र गर्न सकिन्छ। तर, त्यसमा पनि त्यतिबेलासम्म धेरै क्षति भइसकेको हुन्छ।
यो शल्यक्रियामा १० जना डाक्टर संलग्न थिए। डाक्टरहरुले अल्ट्रासोनोग्राफीमार्फत आमाको पेटमा लामो सुई लगाए र त्यसपछि यो शल्यक्रिया गरेका थिए। –एजेन्सी
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
14 hours ago
16 hours ago
16 hours ago
16 hours ago
16 hours ago
16 hours ago