काठमाण्डौ । अरुण काबेली पावर लिमिटेडले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम मौका रहेको छ।

कम्पनीले कुल ६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ। जसमा बोनस सेयर ५.७१ प्रतिशत र ०.२९ प्रतिशत नगद लाभांश रहेका छन्।

कम्पनीले लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि भोलि (मंसिर १२ गते) बाट मंसिर २१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज (मंसिर ११) गतेसम्म कायम सेयरधनीहरुमात्र लाभांश प्राप्ति र सभामा भाग लिन योग्य हुनेछन्।

कम्पनीले आफ्नो १० औँ वार्षिक साधारणसभा मंसिर २२ गते डोकेको छ। 

धितोपत्र दोस्रो बजारमा यो कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता २७३ रुपैयाँ रहेको छ।