काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिटिमेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गर्नुका साथै हकप्रद निष्कासन गर्ने घोषणा पनि गरेको छ।

कम्पनी सञ्चालक समितिको आज दिउँसो बसेको बैठकले गत वर्षको खुद मुनाफासहित सञ्चितीबाट सेयरधनीहरुलाई चुक्तापुँजीको कुल ५.२६३ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा ५ प्रतिशतले हुन आउने बोनस सेयर र ०.२६३ प्रतिशतले हुन आउने नगद लाभांश (लाभांश कर प्रयोजनार्थ) छन्। 

यसैगरी बैठकले आगामी २३ औँ वार्षिक साधारणसभाबाट लाभांश पारित गर्ने र सोही सभामा बोनस सेयरपछि कायम हुने चुक्तापुँजीको १ः०.५ अनुपातमा (अर्थात १० सेयरबराबर थप नयाँ ५ सेयर) जारी गर्ने प्रस्ताव पनि पनि पेस गर्ने निर्णय गरेको छ।