काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आफ्नो २३ औँ वार्षिक साधारणसभा डाकेको छ।
कम्पनी सञ्चालक समितिको हिजो बसेको बैठकले यही पुस ८ गते बुधबार काठमाण्डौको थापाथलीस्थित ट्रेड टावरमा भर्चुअल (जुम एप) बाट सभा गर्ने निर्णय गरेको छ।
सभाले कम्पनीले आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्ताव गरेको ५ प्रतिशत बोनस सेयर र ०.२६३ प्रतिशत गरी कुल ५.२६३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ।
यसैगरी सभाले कम्पनीको २१ औँ वार्षिक साधारणसभाले पास गरेको १ः१ अनुपातको हकप्रद सेयरमध्ये प्रथम चरणमा काबेली बी–१ क्यासकेड आयोजना निर्माणका लागि आवश्यक पर्ने स्वपुँजी लगानीका लागि गत आर्थिक वर्षको वार्षिक साधारणसभा पारित हुने बोनस सेयरपछि कायम हुने कम्पनीको चुक्तापुँजीको १ः०.५ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ।
वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि कम्पनीले यही मंसिर २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब मंसिर २५ गतेसम्म कायम सेयरधनीहरुमात्र लाभांश प्राप्ति र सभामा भाग लिन योग्य हुनेछन्।
8 hours ago
8 hours ago
8 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago