काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लिलामीमा राखेको अवितरित हकप्रद सेयरमा बोलपत्र पेस गर्ने आज असार १६ गते अन्तिम दिन रहेको छ। 

कम्पनीले गत वैशाख ६ गतेदेखि जेठ २ गतेसम्म हकप्रद सेयर निष्कासन गरेको थियो। उक्त अवधिमा बिक्री नभएका ४ लाख ३५ हजार ८९४ कित्ता सेयर कम्पनीले गत असार ९ गतेदेखि लिलामीमा राखेको हो।

लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

अवितरित हकप्रदमा जोकोही व्यक्ति, कम्पनी र संघसंस्थाले बोलपत्र पेस गर्न पाउनेछन्। बोलपत्र धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको काठमाण्डौको कमलादीस्थित केन्द्रीय कार्यालय, मुक्तिनाथ विकास बैंकका शाखाहरु ठिमी, कुमारीपाटी, इटहरी, इलाम, पोखरा, नारायणगढ, सुर्खेत, नेपालगन्ज, धनगढी र जनकपुर तथा काठमाण्डौको कमलादीस्थित अरुण भ्याली हाइड्रोपावरको कार्यालयमा पेस गर्न सकिनेछ।