काठमाण्डौ । ट्विटरका नयाँ मालिक एलन मस्कले निलम्बित अकाउन्ट अर्को साताबाट सुचारु हुने संकेत गरेका छन्।
मस्कले बिहीबार एक सर्वेक्षण सञ्चालन गरे। जसमा उनले निलम्बित अकाउन्टलाई सामान्य माफी दिने प्रश्न सोधे।
मस्कले ट्विट गरे, ‘यदि कानुन तोडेका छैनन् वा गम्भीर स्प्याममा संलग्न छैनन् भने के ट्विटरले तिनीहरुको निलम्बित अकाउन्टहरुका लागि सामान्य माफी प्रस्ताव गर्नुपर्छ ?’
यो सर्वेक्षणमा ७२ प्रतिशतले हो र २७ प्रतिशतले होइनमा जबाफ दिएका छन्। मस्कले अर्को सातादेखि माफी दिने प्रक्रिया सुरु हुने बताएका छन्। उनले ट्विट गरेका छन्, ‘मानिसहरुले बोलेका छन्। अर्को हप्ता माफी दिने प्रक्रिया सुरु हुनेछ।’
केही समयअघि पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर अकाउन्टबाट प्रतिबन्ध फुकुवा गर्नुअघि पनि मस्कले पोल गरेका थिए। मतदानपछि ट्रम्पको ट्विटर अकाउन्ट रिस्टार्ट गरिएको थियो।
अमेरिकाको क्यापिटल हिल हिंसापछि डोनाल्ड ट्रम्पको ट्विटर अकाउन्ट निलम्बन गरिएको छ।
मस्कको नयाँ ट्विटपछि धेरै निलम्बित अकाउन्टहरु पुनः सुरु हुने सम्भावना छ। – एजेन्सी
14 minutes ago
24 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago