काठमाण्डौ । सरकारबाट कार्यबाहकको जिम्मा पाएका कृष्णहरि पुस्करले नै अर्थसचिवमा नियुक्ति पाएका छन् । 

बिहीबार बसेको मन्त्रीपरिषद बैठकले राजश्व सचिवको रुपमा कार्यरत पुस्करलाई अर्थसचिवमा नियुक्त गरेको हो । 

तत्कालीन अर्थसचिव मधुकुमार मरासिनीसँग अर्थमन्त्री जनार्दन शर्माको द्वन्द्व भएको थियो । अर्थमन्त्री शर्मा निलम्बनमा मरासिनीले महत्वपूर्ण भूमिका खेलेका थिए । शर्मा नै पुनः अर्थमन्त्रीको रुपमा आएपछि उनले प्रधानमन्त्रीलाई अनुरोध गरी अर्थमन्त्रालय छाडेका थिए । उनलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेपछि रिक्त रहेको अर्थसचिवमा पुस्करलाई ल्याइएको हो । 

एक मन्त्रीका अनुसार आजको क्याबिनेटले पुस्करलाई अर्थसचिव बनाएपछि रिक्त रहेको राजश्व सचिवमा रामेश्वर दंगाललाई नियुक्त गर्ने निर्णय गरेको छ ।