काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र संकटमा नरहेको बताएका छन्।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६औँ वार्षिकोत्सवका अवसरमा आज काठमाण्डौमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले अर्थतन्त्रमा संकट नभएको बरु केही चुनौती भने अझै बाँकी रहेको बताएका हुन्। ‘अर्थतन्त्र संकटमा छ भन्नु बुझाइमा कमजोरी हो’, उनले भने, ‘यद्यपि केही चुनौती छन्, त्यसका लागि निजी क्षेत्रसँगको सहकार्यमा समस्या समाधान गर्नुपर्छ।’
अर्थमन्त्री शर्माले अर्थतन्त्रका सूचकांक राम्रो हुँदै गएको दाबी गरे। पछिल्लो समय विदेशी मुद्रा सञ्चिति र रेमिट्यान्स बढ्दै गएकाले अर्थतन्त्र सुधार भइरहेको उनको भनाइ छ।
‘हाम्रो मिश्रित अर्थतन्त्र भएकाले एकैपटक संकटमा पुग्ने र उचाइमा पुग्ने हुँदैन’, उनले भने, ‘जे–जति चुनौती छन्, त्यसका लागि निजी क्षेत्रको सहकार्य आवश्यक छ।’
- RSS
18 minutes ago
48 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago