काठमाण्डौ । इसेवा मनि ट्रान्सफर र यूएईको ख्यातिप्राप्त रेमिट्यान्स् सेवा प्रदायक कम्पनी अलफर्दान एक्सचेन्जबीच रेमिट्यान्स् कारोबार सम्झौता भएको छ।

यो सेवा सुरु भएसँगै यूएईमा रहेका नेपालीले “अलफर्दान एक्सचेन्ज” का ६५ वटा शाखाहरुबाट नगदमा तथा कुनै पनि बैंक खातामा र इसेवा वालेटमा रकम पठाउन सकिनेछ। नगदमा पठाइएको रकम इसेवा मनि ट्रान्स्फरका नेपालभर रहेका ८ हजारभन्दा धेरै एजेन्ट तथा इसेवावालेट एपमार्पmत पनि प्राप्त गर्न सकिनेछ। त्यसैगरी बैंक खातामा पठाइएको रकम तुरुन्तै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ। 

रेमिट्यान्स् भुक्तानीसम्बन्धी सम्झौतापत्रमा इसेवा मनि ट्रान्सफरका तर्पmबाट प्रबन्ध निर्देशक अजेश कोइराला र अलफर्दान एक्सचेन्ज रेमिटेन्सका तर्पmबाट पूर्वप्रमुख कार्यकारी अधिकृत ओसामाअल राहमाले हस्ताक्षर गरेका छन्। 

इसेवा मनि ट्रान्सफरले डिजिटल र एजेन्ट बेस रेमिट्यान्स् सेवामार्पmत विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्राउँदै आएको छ। इसेवा मनि ट्रान्सफरलाई विप्रेषणको विश्व बजारमा छुटै नाम, सेवा र प्रविधिको पूर्ण कम्पनीको रुपमा स्थापना गर्नुे उद्देश्य रहेको इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले बताए।