काठमाण्डौ । आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्धित अशोक लेलैण्डले ‘मेघा विन्टरसर्भिस क्याम्प’ देशैभरी आफ्ना १३ सर्भिस सेन्टरहरुमा लागू हुने गरी आज आइतबारबाट सुरु गरेको छ।
यस योजनाअन्तर्गत ग्राहकलाई केन्द्रित गर्दै पार्टस र लुब्रिकेन्टमा ८% छुट, लेबर चार्जमा ३०% छुटका साथसाथै ४५ पोइन्ट फ्री चेकअप पनि उपलब्ध हुने कम्पनीले जनाएको छ। यस सर्भिस क्याम्पका क्रममा ग्राहकले विभिन्न आकर्षक उपहार साथै ड्राइभरहरुले सुरक्षित ड्राइभिङसम्बन्धी जानकारी पनि लिन सक्ने छन्।
यो सर्भिस क्याम्पको अफरहरु आशेक लेलैण्डका बस, ट्रक, ट्रिपर तथा साना कमर्सियल भेइकलका कुनै पनि मोडलका गाडीहरुमा लागू हुनेछ। यो क्याम्पिङमा ग्राहकले अशोक लेलैण्डका नेपालभरि रहेका जुनसुकै सर्भिस सेन्टरमा गएर प्राप्त गर्न सक्नेछन् भने डिस्काउन्ट कुपन पनि प्राप्त गर्न सक्ने छन्।
‘सुरक्षित गाडीका लागि जेन्युअन पार्टस् प्रयोग गरौँ’ भन्ने नाराका साथ सुरु भएको यस योजना माघ ४ गतेदेखि १५ गतेसम्म मात्र लागू हुनेछ।
आइएमई मोटर्सले ग्राहकका निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ र साथसाथै यस योजनामार्फत पनि ग्राहकलाई विभिन्न सुविधा प्रदान गर्ने लक्ष्य लिइएको छ। देशभर विभिन्न पार्टस तथा सर्भिस आउटलेटबाट ग्राहकमा सेवा प्रदान गर्न सफलमात्र नभई उक्त गाडीहरुलाई चाहिने सर्भिस र स्पेयर पार्टस् सप्लाई पनि पर्याप्त मात्रामा गर्दै आएको छ।
2 minutes ago
14 minutes ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
1 day ago