काठमाण्डौ। आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्सले नेपालीको महान चाड दसैँतिहारलाई लक्षित गरी ‘दसैँतिहारको बहार, पक्का उपहार’ साथै बम्पर उपहार योजना ल्याएको छ। जसअन्तर्गत कुनै पनि अशोक लेलैण्डको गाडी खरिदमा ग्राहकले छानीछानी उपहार पाउनेछन्।

चाडपर्वमा ग्राहकले अफरलाई नै बढी प्राथमिकता दिने भएको हुँदा ग्राहकको मागअनुसार नै यो योजनालाई बजारमा ल्याइएको आइएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुरानिकले बताए। यस योजनाअनुसार ग्राहकले अशोक लेलैण्डको दोस्त, बस साथै ट्रक टिपरको कुनै पनि मोडलको गाडी खरिद गर्दा आफ्नो इच्छाअनुसार उपहार छानीछानी लान सक्ने उनले जानकारी दिए। 

अफरअन्तर्गत अशोक लेलैण्डको दोस्त गाडीको खरिदमा १५ ग्राम सुन अथवा स्मार्ट फोनका साथै थप क्यास डिस्काउन्ट अथवा स्मार्ट टीभी साथै क्यास डिस्काउन्ट पाउन सक्नेछन्। ग्राहकले प्रत्येक आईसीभी हलेज, एमसीभी टिपर वा बस खरिदमा ३० ग्राम सुन अथवा आइफोन १२ प्रो म्याक्स अथवा टीभीएस एन्टर स्कुटर पाउन सक्नेछन्। 

त्यसैगरीे आईसीभी हलेज, एमसीभी टिपर वा बसमध्ये एकैपटक दुईवटा गाडीको खरिदमा ६० ग्राम सुन अथवा एप्पल म्याक बुक प्रोका साथै आइफोन १२ प्रो म्याक्स अथवा रोयल इनफिल्ड ३५० सीसी बुलेट बाइक पाउन सक्नेछन्। कुनै पनि एचसीभीका साथै आईसीभी टिपरको एउटा गाडी खरिदमा ३० ग्राम सुन अथवा आइफोन १२ प्रो म्याक्स अथाव टीभीएस एन्टर स्कुटर ग्राहकले पाउन सक्नेछन्। 

त्यस्तै दुईवटा एचसीभी र आईसीभी टिपरको खरिदमा ६० ग्राम सुन तोला सुन अथवा एप्पल म्याक बुक प्रो र आइफोन १२ प्रो म्याक्स अथवा रोयल इनफिल्ड ३५० सीसी बुलेट बाइक पनि पाउन सक्नेछन्। एचसीभी तथा आईसीभी टिपरको कुनै पनि गाडीको खरिदमा माथि उल्लेखित उपहारभन्दा अझ थप अफर पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। 

यो योजनअन्तर्गत बम्परमा तीनजान भाग्यशाली जोडीलाई ५ रात ६ दिने युरोप टुरको पनि अफर ल्याएको कम्पनीले जनाएको छ। चाडपर्ब लक्षित यो योजना मंसिर ३० गतेसम्ममात्र लागू हुने बताइएको छ।