काठमाण्डौ । असार तेस्रो सातादेखि ब्रोकर कमिसन घट्ने भएको छ।

लगानीकर्ताहरुले धितोपत्र खरिदबिक्रीमा तिर्दै आइरहेको ब्रोकर कमिसनमा कटौती हुुन लागेको बिजशाला स्रोतको भनाइ छ । यसअघि घटेको ब्रोकर कमिसन आगामी आर्थिक वर्षदेखि घटाइन लागिएकोमा लगानीकर्ताहरुको दवाब र कोरोना महामारीबाट आहात लगानीकर्ताहरुलाई राहत प्याकेजस्वरुप यही महिनाभित्रै कमिसन घट्ने बोर्डले जनाएको छ ।

धितोपत्र बजार अनलाइन कारोबार प्रणालीमा जाँदा स्टक ब्रोकरहरुको लागत घट्ने र दैनिक कारोबार रकममा समेत उल्लेख्य वृद्धि भइरहेको ठहर गर्दैै बोर्डले कमिसन घटाउने भएको हो । 

लगानीकर्ताहरुले न्यूूनतम रु. २५ वा ०.४ प्रतिशतदेखि अधिकतम ०.६ प्रतिशत तिर्दै आइरहेकोमा बोर्डद्धारा आगामी दुुई साताभित्रै ब्रोकर कमिसन घटाउन लागेको बताइन्छ । कमिसन रकममा बोर्डको कमिसन यथावत रहने छ भने नेप्से र ब्रोकर कमिसन दुुवै घट्नेछ । 

कमिसन रकममा कति प्रतिशत घट्न लागेको हो भन्ने कुरा चाहि स्रोतले खुलाएको छैन । 

धितोपत्र कारोबारमा ब्रोकर कमिसन दक्षिण एसियाकै सबैभन्दा महङ्गो रहेको लगानीकर्ताहरुको दाबी छ भने उनीहरुले केही समयदेखि ब्रोकर कमिसन घटाउन दवाब दिइरहेका छन् ।

लकडाउन र कोरोना महामारीको संटकका बीच धितोपत्र बजारमा धितोपत्र बोर्डको कमिसन घटाउने कार्य निकै सराहनीय र समसामयिक भएको जानकारहरु बताउँछन् ।