काठमाण्डौ । सरकारले असार १ गतेदेखि सडक खन्न प्रतिबन्ध लगाएको छ।
सडक विभागले आज एक सूचना प्रकाशित गर्दै असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाइएको जानकारी गराएको हो।
बर्खायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मतसम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रिँदै जाने भएकाले सडक खन्न रोक लगाइएको सूचनामा उल्लेख छ।
संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाण्डौ र सडक डिभिजनहरुमातहतका कुनै पनि सडक खन्न यो अवधिमा स्वीकृति नदिइने विभागले स्पष्ट पारेको छ।
‘यदि कसैले जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिनेछ’, सूचनामा उल्लेख छ, ‘यस कार्यमा सबैको सहयोगको अपेक्षा गरिएको छ।’
11 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
15 hours ago