काठमाण्डौ । आन्तरिक उडान असार १७ गतेदेखि पुनः सुरु भएको छ। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्वास्थ्य मन्त्रालयसँगको छलफलपछि असार १७ गतेदेखि आन्तरिक उडान सुरु गर्ने निर्णय गरेको हो। हाललाई वायुसेवा कम्पनीलाई सीमित तथा सुरक्षित गन्तव्यमा ५० प्रतिशत क्षमतामा उडान गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ। 

मन्त्रालयले संक्रमणको हिसाबले कम प्रभावित गन्तव्यमा मात्र उडान गर्न दिइने निर्णय गरेको छ। स्वास्थ्य मन्त्रालयको छलफलपछि गन्तव्य निश्चित गरिने मन्त्रालयले स्रोत बताउँछ। 

नागरिक उड्डयन प्राधिकरणले उडान समयतालिका र उडान संख्या निश्चित गरिदिएललत्तै वायुसेवा कम्पनीहरुले टिकट बिक्री सुरु गर्ने जनाएका छन्।