काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अवितरित हकप्रद सेयर आउँदो असार ९ गतेबाट लिलामीमार्फत बिक्री गरिने भएको छ।

कम्पनीले गत वैशाख ६ गतेदेखि जेठ २ गतेसम्म हकप्रद सेयर निष्कासन गरेको थियो। उक्त अवधिमा बिक्री नभएका ४ लाख ३५ हजार ८९४ कित्ता सेयर कम्पनीले लिलामीमा राख्ने भएको हो। 

लिलामीमा राखिने सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

अवितरित हकप्रदमा जोकोही व्यक्ति, कम्पनी र संघसंस्थाले बोलपत्र पेस गर्न पाउनेछन्। बोलपत्र धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको काठमाण्डौको कमलादीस्थित केन्द्रीय कार्यालय, मुक्तिनाथ विकास बैंकका शाखाहरु ठिमी, कुमारीपाटी, इटहरी, इलाम, पोखरा, नारायणगढ, सुर्खेत, नेपालगन्ज, धनगढी र जनकपुर तथा काठमाण्डौको कमलादीस्थित अरुण भ्याली हाइड्रोपावरको कार्यालयमा पेस गर्न सकिनेछ। 

बोलपत्र असार १६ गते बैंकिङ समयसम्म पेस गर्न सकिनेछ।