काठमाण्डौ । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले १२ औँ वार्षिक साधारणसभा डाकेको छ।

बैंक सञ्चालक समितिको हिजो बुधबार बसेको बैठकले यही असोज २९ गते पर्साको वीरगन्जस्थित बैंकको प्रधान कार्यालयमा सभा डोकेको हो। सभामा अन्य बैंक तथा वित्तीय संस्थामा गाभ्ने, गाभिने वा प्राप्ति सम्बन्धमा गर्नुपर्ने सम्पूर्ण प्रक्रिया गर्न गराउन सञ्चालक समितिमा पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव पारित हुनेछ। 

सभाले ‘ख’ वर्गको विकास बैंकले ५ जिल्ला कार्य क्षेत्र विस्तार गर्न पाउनेबमोजिम प्रदेश २ को पर्सा, बारा, रौतहट, सर्लाही र महोत्तरी जिल्लामा कार्यक्षेत्र कायम गर्ने निर्णय पारित गर्नेछ। यसअघि कार्यक्षेत्र भनी तोकिएका मकवानपुर र काभ्रेपलाञ्चोक जिल्लालाई भने हटाउने प्रस्ताव सभाले पारित गर्नेछ। 

सभामा बैंकको सेयरधनी दार्ता किताबमा नाम दर्ता भएका सेयरधनीहरुले आफैँ वा प्रतिनिधिमार्फत भाग लिन, छलफल गर्न मतदान गर्न सक्नेछन्। असोज ८ गतेसम्म कायम रहेका सेयरधनी सभामा भाग लिन पाउनेछन्।