काठमाण्डौ । नाडा ईभी एक्सपो–२०२२ काठमाण्डौमा आउँदो असोज ६ गतेबाट हुने भएको छ। 

नाडा अध्यक्ष ध्रुव थापाको अध्यक्षतामा आज बसेको नाडाको केन्द्रीय कार्य समितिको आठौँ बैठकले पहिलोपटक नाडा ईभी एक्सपो आयोजना गर्ने निर्णय गरेको हो। एक्सपो काठमाण्डौ भृकुटीमण्डपमा हुनेछ। एक्सपो असोज ९ गतेसम्म चल्नेछ। 

सरकारले कार, जिप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध भदौ १४ गतेसम्मका लागि विस्तार गरेपछि नाडाले ईभी एक्सपो गर्ने निर्णय गरेको हो। नाडाले सन् १९९८ देखि नाडा अटो एक्सपो गर्दै आएको छ। 

भदौ १ गतेदेखि भदौ ५ गतेसम्म स्टल बुकिङका लागि सूचनासमेत प्रकाशित गरिने नाडा अटो एक्सपो समितिका सभापति अनुप बरालले जानकारी दिनु भएको छ। 

नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले सम्बन्धित सबैलाई उक्त एक्सपोमा सहभागिताका लागि अनुरोध गर्दे सबैबाट आवश्यक सहयोगको अपेक्षा गरिएको बताए।