काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सोमबार बिहानसम्म झन्डै २० प्रतिशतमात्रै बिक्री भएको छ।

एक्सेल डेभलपमेन्ट बैंकले बैंकले गत असोज २५ गतेबाट आफ्ना सेयरधनीहरुका लागि ३० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ। बैंकले चुक्तापुँजी ८१ करोड ११ लाख २१ हजार २२४.७२ रुपैयाँको १०ः३ अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो। जसअनुसार बैंकले १०० अंकित दरका कुल २४ लाख ३३ हजार ३६३.६७४२ कित्ता हकप्रद जारी गरेको छ। 

सीडीएससीका अनुसार आज बिहान साढे १० बजेसम्म यो बैंकको हकप्रदमा ५ हजार ७०४ आवेदकबाट कुल ४ लाख ८५ हजार ६०७ कित्ता सेयर खरिदका लागि आवेदन परेको छ। जुन कुल कित्ताको १९.९५ प्रतिशतमात्रै हो। 

यो हकप्रदमा कात्तिक २९ गते बैंकिङ समयसम्म आवेदन दिने म्याद रहेको छ। यसअघि कात्तिक १४ गतेसम्म आवेदन दिन पाइने भनिएको थियो। मागअनुरुप आवेदन नपरेकै कारण हकप्रदमा आवेदन दिने समय थप गरिएको थियो।

हकप्रद बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ। 

नेपाल धितोपत्र बोर्डले यो बैंकलाई गत साउन ३१ गते हकप्रद निष्कासनको अनुमति दिएको थियो। यो हकप्रदमा नेपाल धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत पनि आवेदन दिन सकिनेछ। 

हकप्रद जारी प्रयोजनका लागि बैंकले गत असोज १ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ। यसको अर्थ गत भदौ ३१ गतेसम्म कायम सेयरधनीहरुमात्रै आवेदन दिन योग्य भएका छन्।