काठमाण्डौ । वैदेशिक रोजगारमा रहेका नेपालीले आईपीओ भर्न धमाधम सीआरएन नम्बर लिन थालेका छन्।
नेपाल धितोपत्र बोर्ड (सेबोन) कार्यविधिमार्फत आईपीओमा वैदेशिक रोजगारमा रहेका नेपालीलाई १० प्रतिशत कोटा छुट्याएको छ। यसरी आरक्षित कोटाअन्तर्गत आईपीओ भर्न रेमिट्यान्स बचत खाताबाट भुक्तानी गर्नुपर्ने अनिवार्य गरिएको छ।
त्यसैले वैदेशिक रोजगारमा रहेका नेपाली संरक्षित कोटाअन्तर्गतको आईपीओ भर्न रेमिट्यान्स बचत खाताको सीआरएन नम्बर लिन सीडीएससीले यसअघि नै सूचित गरेको थियो। अहिले कालिञ्चोक दर्शनले स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरिरहेको छ।
सीडीएसीका सीईओ पूर्णप्रसाद आचार्यका अनुसार अहिलेसम्म वैदेशिक रोजगारीमा रहेका ४०० जनाले सीआरएन नम्बर लिएका छन्। ‘सीआरएन नम्बर लिने क्रम बढ्दो छ’, उनले भने।
कालिञ्चोक दर्शनको आईपीओ खुलेको आज बिहीबार दोस्रो दिन हो। ‘आज दिउँसो २ बजेसम्म वैदेशिक रोजगारमा रहेका २०० जना यो आईपीओमा आवेदन दिएका छन्’, आचार्यले भने।
कालिञ्चोक दर्शनले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि १ लाख ८ हजार कित्ता आईपीओ बिक्री खुला गरेको छ। यो आईपीओमा उनीहरुले मंसिर २८ गतेसम्म आवेदन दिन पाउनेछन्।
अन्तिम दिनसम्म यो आईपीओमा आवेदन दिने वैदेशिक रोजगारमा रहेकामा नेपाली संख्या उल्लेख्य वृद्धि हुन सक्ने आचार्यको भनाइ छ।
पछिल्लो समय मुलुकको वैदेशिक मुद्रा सञ्चिति घटेसँगै सरकारले विदेशी मुद्रा भित्र्याउने योजनाअन्तर्गत नेपाल धितोपत्र बोर्ड (सेबोन)मार्फत वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयरमा १० प्रतिशत आरक्षण दिने व्यवस्था गरेको हो। जसअनुसार सेबोनले यससम्बन्धी कार्यविधि बनाएर लागू गरेको हो।
सीडीएससीले सीआर नम्बरका आधारमा रेमिट्यान्स बचत खाता खोल्ने संख्या ४०० पुगेको जानकारी गराए पनि यो संख्या अझै धेरै हुन सक्छ। यद्यपि यस्तो खाता कति संख्यामा खोलिएका छन् भन्ने यकिन तथ्यांक न नेपाल राष्ट्र बैंकसँग छ न त बैंकहरुका छाता संगठन नै छ।
20 hours ago
20 hours ago
20 hours ago
21 hours ago
21 hours ago
22 hours ago
23 hours ago
1 day ago
1 day ago
1 day ago